सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा न. ३ खास्ताबमा पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता माप्य व्याडमिन्टन क्लवको आयोजनामा संचालन हुने भएको हो।
हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुने खेलमा , पुरुष डबल खुल्लातर्फका पहिलो, दोस्रो र तेस्रो खेलाडीले क्रमशः १२ हजार, ८ हजार र ८ हजार, पुरुष जुनियर डबल खुल्ला तर्फका खेलाडीले क्रमशः ८ हजार, ६ हजार र ६ हजार, पुरुष भेट्रान डबल ३५ बर्ष माथिका खेलाडीले क्रमशः ८ हजार,६ हजार र ६हजार पुरुष ओपन सिङ्गल तर्फका खेलाडीले क्रमशः ६ हजार, ४ हजार र ४ हजार, पुरुष सिङ्गल अण्डर १३ बर्ष तर्फका खेलाडीले क्रमशः ३ हजार, २ हजार र २ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै, महिला डबल खुल्ला तर्फका खेलाडीले क्रमशः १२ हजार, ८ हजार र ८ हजार,महिला जुनियर डबल खुल्ला तर्फकाले क्रमशः ८ हजार, ६ हजार र ६ हजार,महिला भेट्रान डबल ३० बर्ष माथि तर्फ क्रमशः ८ हजार, ६ हजार र ६ हजार महिला ओपन सिङ्गल तर्फ क्रमशः ६ जहार, ४ हजार र ४ हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र वितरण गरिनेछ ।
सोहि क्लव स्थापनाको अवसरमा माप्य दुधकोशी गाउँपालिका स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष असन खालिङ्ग राईले बताउनुभयो । प्रतियोगितामा भाग लिने खेलाडीले यहि असोज १९ गते दिउँसो ३ बजे भित्र आफ्नो नाम टिपाइ टिम दर्ता गराई सक्नु पर्ने ,उक्त खेल २०, २१ र २२ गते सम्म रहनेछ ।