सोलुखुम्बु _सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा.न १ जुभिङ्ग स्वस्थ चौकीमा आजबाट स्वास्थ्य परिक्षण, अपाङ्गता परिचयपत्र बितरण आवस्यकता पहिचान शिबिरसुरु भएको छ। उक्त कार्यक्रम माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राईको संयोजक्ता तथा सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादब,वडा अध्यक्षहरु उपस्तिथि सम्पन्न भएको हो।
कोशी प्रदेश सरकार ,करुणा फाउन्डेसन र माप्य दुधकोशी गाउँपालिकाको त्रिपक्षिय आर्थिक साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत यो शिबिर सुचारु भएको गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो।
यस कार्यक्रमले अपाङ्गता भएका ब्यक्तिहरुलाई समाजमा सहज रुपमा बाच्न,शिक्षा ,स्वास्थ्य र रोजगार जस्ता अधिकार सुनिस्चित गर्न ,यस कार्यक्रम आगाडी बढाइएको बताउनु भएको छ। अति बिकट, दुर्गम ठाउँका अपांगहरु यसअघि धेरै अधिकारका कुराहरुमा स्वास्थ्य ,शिक्षा जस्ता कुराहरुबाट बन्चित भएका थिए। त्यस्लाइ निर्मुल पार्न यस शिबिरले अपाङ्ग भएका ब्यक्तीहरुलाइ थप उर्जा सहित अधिकार खोज्न प्रशिक्षक दिएको थियो। सोही शिबिरमा ७३ जनाले प्रत्येक लाप लिएका छन।साथै केही समय भित्रै माप्य दुधकोशी गाउँपालिकाको ७ वटौ वडाहरुमा संचालन हुने जानकारी दिनु भयो।