सोलुखुम्बु _सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले थामेका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिका बैठकले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ थामेमा आएको बाढीबाट पीडित परिवारलाई २८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ।
गत साउन ३२ गते थामे खोलामा आएको बाढीले थामेमा १५ घर पूर्णमा पूर्ण क्षति र झण्डै ३ दर्जन घरमा आंशिक क्षति पुर्याएको थियो।
प्राकृतिक बिपत्तिका कारण आफ्ना छिमेकी गाउँपालिकाको पीडित परिवारलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रायले थामे बाढी पीडितलाई आर्थिक सहयोग गर्नु
मानवीय धर्म भएकाले सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो।
सोहि हिमताल फुटेर आएको बाढिले माप्य दुधकोशी गाउँपालिका वडा न. १ र २बिच पर्ने दुधकोशी नदीमा रहेको माप्य-खुम्बु मितेरी मोटरेबल पुलमा क्षती पुर्याएको थियो । उक्त मोटरेबल पुललाई यहि हिउदको समयमा तत्काल निर्माण गर्ने निर्णय गरिएको छ ।
संगै ७ वटै वडा भित्रको सडकलाई दशैका अगावै बाटो सरसफाइ गर्ने कार्यपालिका बैठकले निर्णय भएको उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो