युट्युबर एल्भिसले जिते बिगबोस ओटीटी सिजन २ को उपाधि

काठमाडौं । बिग बोस ओटीटी सिजन २ ले एल्भिस यादवलाई विजेताको रुपमा प्राप्त गरेको छ । जित हासिल गर्न सक्ने प्रारम्भिक अनुमानबीच उनले यो चर्चित भारतीय रियालिटी शोको उपाधि हात पारे ।

उनी प्रारम्भदेखि नै बलिया प्रतिस्पर्धी थिए । अर्का प्रतिस्पर्धी अभिषेक मल्हान उपविजेता बने । जितसँगै एल्भिसले ट्रफीसहित २५ लाख भारु पुरस्कार प्राप्त गरेका छन् । उनी बिगबोसको घरमा वाइल्ड कार्डको रुपमा प्रवेश गरेका थिए । उनले सुरुदेखि नै घरको वातावरणलाई कायम राख्ने प्रयत्न गरे ।

सुरुमा हास्यास्पद लागे पनि पछिल्ला एपिसोडमा उनले दर्शकको मन जित्ने प्रयास गरे । एकपटक होस्ट सलमान खानले उनलाई गालीसमेत गरेका थिए । तर यसले उनको फ्यान फलोइङमा कुनै असर पारेन । यसबाट बरु उनलाई धेरै फाइदा पुग्यो ।

बिगबोस चलिरहँदा उनको स्वास्थ्य खराब बनेको थियो । जसकारण उनलाई अस्पताल भर्ना गर्नुपरेको बताइन्छ । फिनाले सुरु हुँदा उनी शोमा देखिएनन् तर उनले पछि बिगबोसको हाउसमा इन्ट्री लिए ।

एल्भिस र अभिषेक दुवै युट्युबका चर्चित अनुहार हुन् । कार्यक्रममा उनीहरुको मित्रता समेत देखियो । सेकेण्ड रनरअपमा बिहारकी मनिषा रानी तेस्रो घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

मेरो विरुद्ध भ्रम फैलाउने काम भयो : बुद्धिकिरण राई

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नाम जोडेर भ्रम फैलाएको प्रति आपत्ति जनाएका छन् । पछिल्लो समय कोरिया...

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

 माप्य दुधकोशी गाउँपालिकाले थामे बाढीपीडितलाई २८ लाख सहयोग गर्ने निर्णय !

सोलुखुम्बु  _सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी  गाउँपालिकाले थामेका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा  बसेको गाउँ...

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

माप्य दुधकोशी गाउँपालिका स्तरीय ,महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुँदै !!

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा न. ३ खास्ताबमा  पुरुष तथा महिला ब्याडमिन्टन  प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता...

«Галактика AMM» Программа «Федерация»

«Галактика AMM» Программа «Федерация»

Чтобы купить одно и то же количество токена Y, нам нужно будет отдавать токена X каждый раз больше. Это означает, что...

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

माप्य दुधकोशीको नाम र केन्द्र निर्धारण विरुद्धको रिट सर्वोच्चद्धारा खारेज!

साउन २२, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको नामाकरण र केन्द्र निर्धाणका विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । २०७४ साल...

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

हेभीवेट मन्त्रालय सम्हाल्दै सोलुका मानबीर राई, माप्य देखि सिंहदरबारसम्म यात्रा

सोलुखुम्बु जिल्लाबाट निर्वाचित मानवीर राई केपी शर्मा ओली नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका छन् । नेपाली सेनाको विभागीय नेतृत्व गर्ने यो...