साउन २२, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको नामाकरण र केन्द्र निर्धाणका विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । २०७४ साल पुष १३ गतेको गाउँसभाले गाउँपालिकाको नाम माप्यदुधकोशी र गाउँपालिकाको केन्द्र खास्ताब रहने गरी गरेको निर्णयका विरुद्धमा स्थानीय अगुवाहरुले नाम र केन्द्र दुवैमा फरक मत राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
लगतै २०७४ फागुन १४ गते नेपाल सरकारले राजपत्रमै पालिकाको निर्णय बमोजिम नाम र केन्द्र टुङ्गाएको थियो । धेरै अड्कलबाजिका विच सर्वोच्चले आज उत्त रिट नै खारेज गरिदिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार अब केन्द्र र नामकरणको विवाद सदाका लागि टुङ्गो लागेको छ ।